आज उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, पुस २८ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Published Date: 12 January 2025


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न