शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको बराबरी

शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको बराबरी : Icon Khabar

काठमाडौं, पुस २२ । सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा‌ रोकेको छ।

लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो ।

अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अं‌क‌ दिलाएका हुन्। खेलमा‌ अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन ।

लिसान्द्रो मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। त्यसको ७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे।

खेलको ७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए। सोही गोलबाट सलाहले लिगमा १ सय ७५ गोल गर्ने थिएरी हेनरीसँग बराबरी गरेका छन् ।

८० औं‌ मिनेटमा डेल्लोले टोलीका लागि अर्को ठूलो गोल गर्दै हारबाट जोगाए । १९ खेलमा लिभरपुलको ४६ अंक छ। २० खेलमा २३ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।

लिगको अर्को खेलमा फुलहम र इप्स्विचले २-२ को बराबरी खेलेका छन्। फुलहम ३० अंकसहित नवौं स्थानमा छ। इप्स्विच १६ अंकसहित १८ औं स्थानमा छ।–एजेन्सी

Published Date: 06 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता