आर्सनलले ब्रेन्टफोर्डलाई हरायो

आर्सनलले ब्रेन्टफोर्डलाई हरायो : Icon Khabar

काठमाडौँ, पुस १८ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टफर्डमाथि जित हासिल गरेको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा बुधवार आर्सनल ३-१ को जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा ग्राव्रियल जिसस, ग्रावियल मार्टिनेल र मिकेली मारोनोले समान एक गोल गरे । घरेलु टोलीका लागि वार्यन मेमिउनोले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफोर्डले लिएको थियो । खेलको १३औं मिनेटमा ब्रेन्टफोर्डका लागि वायर्नले गोल गरे । खेलको २९औं मिनेटमा आर्सनलका जिससले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

खेलको ५०औं मिनेटमा मारोनोले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेट पछि गोल थप्दै मार्टिनेलले आर्सनललाई जित दिलाए ।

जितसँगै १९ खेलमा ३९ अंक बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । एक खेल‌ कम खेलेको शीर्ष स्थानको लिभरपुलको भन्दा आर्सनल ६ अंक पछाडि छ । ब्रेन्टफोर्ड १९ खेलमा २४ अंकका साथ १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 January 2025
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने