आर्सनलले ब्रेन्टफोर्डलाई हरायो

आर्सनलले ब्रेन्टफोर्डलाई हरायो : Icon Khabar

काठमाडौँ, पुस १८ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्रेन्टफर्डमाथि जित हासिल गरेको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा बुधवार आर्सनल ३-१ को जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा ग्राव्रियल जिसस, ग्रावियल मार्टिनेल र मिकेली मारोनोले समान एक गोल गरे । घरेलु टोलीका लागि वार्यन मेमिउनोले सान्त्वना गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने ब्रेन्टफोर्डले लिएको थियो । खेलको १३औं मिनेटमा ब्रेन्टफोर्डका लागि वायर्नले गोल गरे । खेलको २९औं मिनेटमा आर्सनलका जिससले बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

खेलको ५०औं मिनेटमा मारोनोले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेट पछि गोल थप्दै मार्टिनेलले आर्सनललाई जित दिलाए ।

जितसँगै १९ खेलमा ३९ अंक बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । एक खेल‌ कम खेलेको शीर्ष स्थानको लिभरपुलको भन्दा आर्सनल ६ अंक पछाडि छ । ब्रेन्टफोर्ड १९ खेलमा २४ अंकका साथ १२औं स्थानमा छ ।

Published Date: 02 January 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु