आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, पुस ११ । आज २०८१ पुस ११ गते बिहीबार, तद्अनुसार २६ डिसेम्बर २०२४ । आज पुष कृष्ण एकादशी, सुकर्मा बव स्वाति, सफला एकादशी व्रत, सूर्योदय बिहानः ६ः५३ बजे, सूर्यास्त साँझः १७:१६ बजे ।

आजको राशिफल

मेष: आज चोट अथवा दुर्घटनाबाट हानिको सम्भावना छ, हतार नगर्नु होला । स्वास्थ्य कमजोर रहन सक्छ । विवादलाई नबढाउनु होला । जोखिमपूर्ण कार्य नगर्नु होला, धैर्यता राख्नु होला ।

वृष: कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । परिवार अथवा साथीहरुसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । सवारीसाधन तथा मशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

कर्कट: अदालतको काम मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शेयर मार्केटबाट ठूलो फाइदा हुनेछ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: प्रयास बढी गर्नु पर्नेछ । लाभमा वृद्धि हुनेछ । काममा ध्यान दिन गाह्रो पर्नेछ । बिना कारण कसैसंग भनाभन हुन सक्ने छ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । उपहार प्राप्ति हुनेछ । यात्रा लाभदायक रहने छ । कुनै ठूलो समस्याको हल निस्कने छ । प्रसन्नता रहने छ । भाग्य अनुकूल छ, लाभ लिनु होला ।

धनु: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय गर्दा सोच–समझकर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगडामा नपर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बल्झिन सक्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

Published Date: 26 December 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर