फूलचोकीको जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

फूलचोकीको जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा : Icon Khabar

काठमाडौं, पुस ९ । ललितपुरको फूलचोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएसँगै जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरिरहेको छ ।

फूलचोकी डाँडामा घुम्न गएका १३ युवाले जंगलमा बाटो भुलेपछि सोमबार साँझ प्रहरीलाई फोन गरेका थिए । प्रहरीले तत्काल प्रहरी प्रभाग बाडेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा घटनास्थलतर्फ सुरक्षाकर्मी पठाएको थियो ।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले हराइरहेका युवा प्रहरीको सम्पर्कमा आइसकेको जानकारी दिए । उनले भने, ‘फूलचोकीको जंगलमा घुम्न गएका युवा हराएको खबर आउनासाथ उद्धारका लागि सुरक्षाकर्मी खटियो । अहिले उनीहरू प्रहरीको सम्पर्कमा आइसकेको सूचना प्राप्त भएको छ ।’

हराउनेमा १० पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए । अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 December 2024
Website | + posts




ताजा
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने
आफूहरु संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने: एमाले नेता बस्नते


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने