फूलचोकीको जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

फूलचोकीको जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा : Icon Khabar

काठमाडौं, पुस ९ । ललितपुरको फूलचोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएसँगै जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरिरहेको छ ।

फूलचोकी डाँडामा घुम्न गएका १३ युवाले जंगलमा बाटो भुलेपछि सोमबार साँझ प्रहरीलाई फोन गरेका थिए । प्रहरीले तत्काल प्रहरी प्रभाग बाडेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा घटनास्थलतर्फ सुरक्षाकर्मी पठाएको थियो ।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी चित्रबहादुर भट्टराईले हराइरहेका युवा प्रहरीको सम्पर्कमा आइसकेको जानकारी दिए । उनले भने, ‘फूलचोकीको जंगलमा घुम्न गएका युवा हराएको खबर आउनासाथ उद्धारका लागि सुरक्षाकर्मी खटियो । अहिले उनीहरू प्रहरीको सम्पर्कमा आइसकेको सूचना प्राप्त भएको छ ।’

हराउनेमा १० पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए । अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।

Published Date: 24 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु