आजको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमान: वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, पुस ९ । अहिले देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसमविदले जनाएका छन्। यतिबेला (मंगलबार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम साधारणतया बदली छ । त्यसैगरि कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।

बढ्यो चिसो

मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु भएको छ । गत मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाले जनाएको छ । विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौंको तापक्रम चार दशमलव आठ डिग्री थियो । यस्तै, सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Published Date: 24 December 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै