एट्लेटिकोको माथि दबाब बढाउँदै रियल

एट्लेटिकोको माथि दबाब बढाउँदै रियल : Icon Khabar

काठमाडौं, पुस ८ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतबार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ ।

केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो। एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए ।

इसाक रोमेरोले ३५ औं मिनेटमा सेभिल्लाका लागि गोल गरे। ब्राहम डेयजले ५३ औं मिनेटमा गोल गरेपछि रियलले अग्रता थप फराकिलो बनायो। खेल सकिन ५ मिनेट बाँकीमा डोबी लुकेबाकियो पोस्ट नजिकबाट गोल गरे।

सेभिल्लाका कप्तान जिसस नाभासले खेल जीवनको अन्तिम खेल खेले । उनले क्लबसँगको २० वर्षे यात्रा भावुकताका साथ अन्त्य गरे। चोटका कारण उनी सिजनको मध्यमा सन्न्यास लिने अवस्थामा पुगे ।

१८ खेलमा रियलको ४० अंक पुगेको छ । शीर्ष स्थानको एट्लेटिकोको ४१ अंक छ। एक खेल बढी खेलेको तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ। २२ अंकसहित सेभिल्ला १४ औं स्थानमा छ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन