जेसस चम्कँदा आर्सनलको सानदार जित

जेसस चम्कँदा आर्सनलको सानदार जित : Icon Khabar

काठमाडौं, पुस ७ । ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे । क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए ।

सेलह्रस्र्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए । गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् ।

तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता कायम गर्यो । ६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४–० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो ।

यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ । नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।–एजेन्सी

Published Date: 22 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता