जेसस चम्कँदा आर्सनलको सानदार जित

जेसस चम्कँदा आर्सनलको सानदार जित : Icon Khabar

काठमाडौं, पुस ७ । ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५–१ को सानदार जित निकाल्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ । आर्सनलको जितमा जेससले दुई तथाम काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक गोल गरे । क्रिस्टटल प्यालेसका स्माइल सारले एक गोल फर्काए ।

सेलह्रस्र्ट पार्क लन्डनमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले गाब्रियलको पासमा गोल गर्न सफल भए । गत महिनादेखि नै चोटटमुक्त भएर खेल्न थालेका जेससले यसपटक पहिलो रोजाईमा खेल्दै आँफु तयार रहेको संकेत दिएका छन् ।

तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औं मिनेटमा सारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसलगत्तै १४औं मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।

त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गर्यो । ३८औं मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–१ को अग्रता कायम गर्यो । ६०औं मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि ८४औं मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको ह्याट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४–० को सहज जित हात पारेको छ । एक गोल ज्याकोव मर्फीको नाममा रह्यो ।

यस जितले न्यु क्यासल २६ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । इस्पिच १२ अंक जोडेर १८औं स्थानमा छ । नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट ह्याम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 December 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू