आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस ७ । आज २०८१ पुस ७ गते आइतबार, तद्अनुसार २२ डिसेम्बर, २०२४ । आज पुष कृष्ण सप्तमी, आयुष्मान बव उत्तर, रवि सप्तमी व्रत, सूर्योदय बिहानः ०६ः५० बजे, सूर्यास्त साँझः १७ः१४ बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्य गर्न रुचि बढ्ने छ । मान–सम्मान पाइने छ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ । नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: स्थायी सम्पत्तिको कामबाट ठूलो लाभ हुनसक्छ । प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चोट अथवा रोगबाट वाधा सम्भव छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्रो व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । प्रयास सफल रहने छ । लगानी शुभ रहने छ । व्यापारमा वृद्धि तथा सम्मानमा वृद्धि हुनेछ । आवश्यक वस्तु हराउन सक्ने छ, सावधान रहनु होला ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

Published Date: 22 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता