एनपिएल – कर्णाली र लुम्बिनी खेल्दै

एनपिएल – कर्णाली र लुम्बिनी खेल्दै : Icon Khabar

काठमाडौँ, मंसिर २८ । नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् ।

एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।

कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ । पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

आज दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ ।

५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहान्छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

Published Date: 13 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता