कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ? : Icon Khabar

काठमाडौं, मंसिर २२ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ । २०८१ मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

यसका साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा, र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ, जबकि बाँकी स्थानमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ । वर्षा, हिमपात र चिसोका कारण जनजीवन, स्वास्थ्य, पर्वतारोहण र यातायातमा असर पर्न सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Published Date: 07 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास