कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ? : Icon Khabar

काठमाडौं, मंसिर २२ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ । २०८१ मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

यसका साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा, र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ, जबकि बाँकी स्थानमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ । वर्षा, हिमपात र चिसोका कारण जनजीवन, स्वास्थ्य, पर्वतारोहण र यातायातमा असर पर्न सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Published Date: 07 December 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड