लुम्बिनीले टस जित्यो

लुम्बिनीले टस जित्यो : Icon Khabar

काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

लुम्बिनीले सुरुवाती दुवै खेलमा हार बेहोरेर दबाबमा छ। पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो । सुदूरपश्चिम भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो ।

लुम्बिनीले शुक्रवार पोखरा एभेन्जर्ससँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । लुम्बिनीले आतुतोष घिरैया बेन्चमा रहँदा अर्जुन साउदले टिममा मौका पाएका छन् ।

लुम्बिनी लायन्सको प्लेइङ-११

रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, सुर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द(विकेटकिपर), साद वीन जाफर र रेमन सिमोन्डस

सुदूरपश्चिमले बिहीवार काठमाडौं गुर्खाजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । विदेशी खेलाडी रोहन मुस्ताफालाई बेन्चमा राख्दा बसन्त खत्रीलाई मौका दिएको छ ।

सुदूरपश्चिम रोयल्स प्लेईङ-११

दीपेन्द्रसिंह ऐरी, बसन्त खत्री, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर

Published Date: 07 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास