आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २२ । आज २०८१ मंसिर २२ गते शनिवार, तद्अनुसार ७ डिसेम्बर २०२४ । आज मंसिर शुक्ल षष्ठी। व्याघात तैतल धनिष्ठा, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, सूर्योदय बिहान ०६ः४१ बजे, सूर्यास्त साँझः १७ः०८ बजे ।

आजको राशिफल

मेष: धन प्राप्ति सुगम हुनेछ । पराक्रम बढ्ने छ । जीवनसाथीसंग आर्थिक मतभेद हुनसक्छ । कामकाजमा आशा अनुरूपको स्थिति बन्ने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

वृष: पुराना रोग बल्झिने सम्भावना छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ । विवाद समाप्त हुनाले शान्ति एवं सन्तोष प्राप्त हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धन लाभको अवसर हात आउने छ । ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । परीक्षा अथवा साक्षात्कार आदिमा सफलता पाइने छ । भाग्यको साथ रहने छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : आज भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । बाहिरी सहयोग प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ ।

Published Date: 07 December 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय