युक्रेनमा थप हवाई आक्रमण हुनसक्ने भन्दै देशव्यापी चेतावनी घोषणा

युक्रेनमा थप हवाई आक्रमण हुनसक्ने भन्दै देशव्यापी चेतावनी घोषणा : Icon Khabar

युक्रेन, मंसिर १३ । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ ।

युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा मिसाइल फेला परेको जानकारी गराउँदै स्थानीयलाई सुरक्षित आश्रयमा जान आग्रह गरेको छ ।

पछिल्लो मिसाइल साल्वो अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले कट्टर वफादार र सेवानिवृत्त जनरल किथ केलोगलाई आफ्नो युक्रेन दूतको रूपमा नियुक्त गरेको एक दिन पछि आएको छ । ट्रम्पले युक्रेनमा अढाई वर्षको रुसी आक्रमण समाप्त गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको युद्धविराम सम्झौतामा आफूले चाँडै मध्यस्थता गर्ने उल्लेख गरेका छन्।

यद्यपि ट्रम्पका आलोचकहरूले अमेरिकी सैन्य सहायताको फाइदा उठाउँदै रिपब्लिकनले किएभलाई स्थायी रूपमा कब्जा गरिएको क्षेत्रलाई त्याग्न वा नेटोमा सामेल नहुन सहमत हुने सम्झौतामा दबाब दिन प्रयोग गर्ने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भने “म जनरल किथ केलगलाई राष्ट्रपतिको सहायक र युक्रेन र रुसका लागि विशेष दूतको रूपमा नियुक्त गर्न पाउँदा निकै खुसी छु ।”

सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेदेखि युक्रेनले आफ्नो सशस्त्र सेनाका लागि वासिङ्टनबाट लगभग ६० अर्ब डलर प्राप्त गरेको छ, तर ट्रम्पले ह्वाइट हाउसमा प्रवेश गरेपछि हाल यस विषयमा डर थपिएको छ ।

ट्रम्प निकट अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट थिङ्क ट्याङ्कका लागि केलगको अनुसन्धान पत्रमा भनिएको छ, “अमेरिकाले युक्रेनलाई हतियार बनाउन सहयोग जारी राख्ने र रुसले हमला नगर्ने र युद्धविराम वा शान्ति सम्झौतापछि आक्रमण नगर्ने सुनिश्चित गर्न आफ्नो सुरक्षा बलियो बनाउने उल्लेख छ । तथापि, भविष्यको अमेरिकी सैन्य सहायताले युक्रेनलाई रुससँग शान्ति वार्तामा भाग लिन आवश्यक हुनेछ ।”

केलगले जुलाईको रिपब्लिकन सम्मेलनमा भ्वाइस अफ अमेरिकालाई युक्रेनका विकल्पहरू ‘एकदम स्पष्ट’ भएको बताएका छन् । उनले युक्रेन वार्ता नचाहेमा ठुलो क्षति स्विकार्न र भावी पुस्ताको असहजतालाई समेत आत्मसाथ गर्न तयार हुनु पर्ने बताएका छन् । – रासस/एएफपी

Published Date: 28 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली