उत्तर कोरियाली नेता किम जोङद्वारा आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन

उत्तर कोरियाली नेता किम जोङद्वारा आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन : Icon Khabar

उत्तर कोरिया, माघ २५ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङ्टनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिएका छन् । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उनले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिएका हुन्।

क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएको उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिनुभएको देशको आधिकारिक समाचार समितिले जनाएको छ ।

उत्तर कोरियाले सैन्य परेडको योजना बनाइरहेका बेला उक्त बैठक भएको हो । आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारीले संयुक्त राज्य अमेरिका र एसिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई थप चिन्तित बनाएको छ ।

नेता किमका शीर्ष सैन्य अधिकारीहरूको प्रतिनिधित्व रहेको आयोगका सदस्यहरूले सेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउने बारेमा छलफल गरेका समितिले बताएको छ । बैठकमा सैन्य मामिलामा मौलिक सुधारका साथै त्यसको सुदृढीकरणमा जोड दिइएको थियो ।

Published Date: 08 February 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय