सभामुख घिमिरे र चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेट

सभामुख घिमिरे र चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौँ, माघ २५ । सभामुख देवराज घिमिरे र नेपालका लागि चीनका राजदूत छन् सोङबीच बुधबार शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

घिमिरे माघ ५ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गरेका थिए। कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सभामुखको सचिवालयका अनुसार चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए । सभामुख घिमिरेले दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts