आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर २ । आज २०८१ मंसिर २ गते आइतबार, तद्अनुसार १७ नोभेम्बर २०२४ । आज मंसिर कृष्ण द्वितीया, शिव तैतल रोहिणी, अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, सूर्योदय बिहानः ०६ः२६ बजे, सूर्यास्त साँझः १७ः१० बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्य गर्न रुचि बढ्ने छ । मान–सम्मान पाइने छ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ । नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: स्थायी सम्पत्तिको कामबाट ठूलो लाभ हुनसक्छ । प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चोट अथवा रोगबाट वाधा सम्भव छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्रो व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । प्रयास सफल रहने छ । लगानी शुभ रहने छ । व्यापारमा वृद्धि तथा सम्मानमा वृद्धि हुनेछ । आवश्यक वस्तु हराउन सक्ने छ, सावधान रहनु होला ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 November 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता