दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने

दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने : Icon Khabar

काठमाडौं, मंसिर २ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

Published Date: 17 November 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता