सिन्धुपाल्चोकको भोटेचौरमा रहेको रमणीय चिया बगान (फोटो फिचर)

सिन्धुपाल्चोकको भोटेचौरमा रहेको रमणीय चिया बगान (फोटो फिचर) : Icon Khabar

सिन्धुपाल्चोक, मंसिर १ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ स्थित भोटेचौर चिया बगान काठमाडौंबाट एकदमै नजिक रहेको एक अत्यन्तै रमणीय र दृश्यात्मक पर्यटकीय गन्तव्य हो। यो काठमाडौंबाट लगभग ४० किलोमिटरको दूरीमा अवस्थित छ।

 

यहाँको मुख्य आकर्षण भनेको जैसीगाउँको एभरेस्ट चिया बगान हो। जैसीगाउँ पूर्वको भोटेचौर गाउँ विकास समितिको अहिलेको मेलम्ची नगरपालिका वडा नं. २ मा पर्दछ।

भोटेचौरलाई सानो इलामको रूपमा पनि चिनिन्छ। यहाँका केही स्थानहरू उच्च उचाइमा स्थित छन्, जहाँबाट जुगल र लाङटाङ जस्ता हिमालयका सुन्दर पर्वतहरूको दृश्य देख्न सकिन्छ। चिया बगानसँगै यहाँ विभिन्न प्रकारका जैविक फार्महरू सञ्चालनमा छन्, जहाँ जैविक ट्राउट माछा, विभिन्न प्रकारका तरकारीहरू र जैविक चिया आदि उत्पादन हुन्छ।

भोटेचौर अहिले घरेलु पर्यटनको केन्द्रको रूपमा विकास हुँदैछ। भोटेचौर वरिपरिका क्षेत्रहरू पनि पर्यटकहरू माझ लोकप्रिय छन्। यहाँ शनिबार र विदाका दिन पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

Published Date: 16 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने