भक्तपुरको इछुगल्लीकी ९४ वर्षीय महिला हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला

भक्तपुरको इछुगल्लीकी ९४ वर्षीय महिला हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला : Icon Khabar

काठमाडौं, कार्तिक २९ । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् ।

त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको परिसरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको उनले बताए ।

शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिए ।

Published Date: 14 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने