भक्तपुरको इछुगल्लीकी ९४ वर्षीय महिला हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला

भक्तपुरको इछुगल्लीकी ९४ वर्षीय महिला हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला : Icon Khabar

काठमाडौं, कार्तिक २९ । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् ।

त्वयनाको शव बुधबार साँझ ५ बजेको समयमा आफ्नै घरमा फेला परेको परिसरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा मृत्त फेला परेको उनले बताए ।

शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको नेउपानेले जानकारी दिए ।

Published Date: 14 November 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय