नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा बन्द हुने

नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा बन्द हुने : Icon Khabar

काठमाडौं, कार्तिक २९ । नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जनाएको छ ।

सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म केही समय बन्द हुनेछ । आयोजनाले जारी गरेको सूचना अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक आंशिक रुपमा बन्द हुनेछ ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।

सडक बन्द रहेको बेलामा लेन अनुशासन कायम गर्न र सम्भव भए वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

Published Date: 14 November 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय