ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु

ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु : Icon Khabar

ब्राजिल, कार्तिक २९ । ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको हो ।

विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो । ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विष्फोट भएको बयान दिएका थिए ।

भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको अहिलेसम्म पहिचान हुन सकेको छैन । ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले एक पोस्टमा आक्रमणको निन्दा गर्दै भने, यो जानाजानी गरिएको आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’

Published Date: 14 November 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास