चीनको झुहाईमा कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु

चीनको झुहाईमा कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु : Icon Khabar

बेइजीङ, कार्तिक २९ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यामले उक्त घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।

चिनिया अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् ।

कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ ।

यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।

कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

Published Date: 14 November 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास