चीनको झुहाईमा कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु

चीनको झुहाईमा कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु : Icon Khabar

बेइजीङ, कार्तिक २९ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यामले उक्त घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।

चिनिया अधिकारीहरूले यसलाई गम्भीर आक्रमण भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् ।

कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ ।

यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।

कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

Published Date: 14 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड