पहाडी र हिमाली भू–भागमा बर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भू–भागमा बर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, कार्तिक २८ । हाल देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको जनाएको छ ।

विभागका अनुसार आज (बुधबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी  तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई  स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले  सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 November 2024
Website | + posts






ताजा
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
पाकिस्तानमा पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न
आइकन खबरको आयोजनामा यहि असार १४ गते रोपाईं जात्रा तथा दही चिउरा कार्यक्रम हुने