प्रिमियर लिगमा चेल्सी र आर्सनलको बराबरी

प्रिमियर लिगमा चेल्सी र आर्सनलको बराबरी : Icon Khabar

काठमाडौं, कार्तिक २६ । चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो ।

ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

आर्सनल लिगका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । समान ११ खेलमा दुवै टोलीको समान १९ अंक छ। चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको २८ र म्यानचेस्टर सिटीको २३ अंक छ।

इपिएलमा आइतवारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–०, इपस्विच टाउनले टोटनहमलाई २–१ ले तथा न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ३–१ ले‌ पराजित गरेको छ। – एजेन्सी

Published Date: 11 November 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर