प्रिमियर लिगमा चेल्सी र आर्सनलको बराबरी

प्रिमियर लिगमा चेल्सी र आर्सनलको बराबरी : Icon Khabar

काठमाडौं, कार्तिक २६ । चेल्सीले इंग्लिस प्रिमियर लिगको रोमाञ्चक खेलमा आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । लन्डन डर्बीमा आइतवार आर्सनलले‌ अग्रता जोगाउन नसक्दा बराबरीमा‌ चित्त बुझाउनु परेको थियो ।

ग्याब्रिएल मार्टिनेलीले ६० औं मिनेटमा गरेको गोलमा आर्सनलले‌ दोस्रो अग्रता लिएको थियो । चेल्सीको मैदान स्टायनफोर्ड ब्रिजमा भएको खेलमा ७० औं मिनेटपछि पेड्रो नेटोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

आर्सनल लिगका पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन । समान ११ खेलमा दुवै टोलीको समान १९ अंक छ। चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको २८ र म्यानचेस्टर सिटीको २३ अंक छ।

इपिएलमा आइतवारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–०, इपस्विच टाउनले टोटनहमलाई २–१ ले तथा न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ३–१ ले‌ पराजित गरेको छ। – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न