आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक २५ । आज २०८१ कात्तिक २५ गते आइतवार, तद्अनुसार १० नोभेम्बर २०२४ । आज कार्तिक शुक्ल नवमी, ध्रुव बालव धनिष्ठा, कुष्मान्ड नवमी व्रत, महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र विदा), शान्ति र विकासको लागि विश्व विज्ञान दिवस, सूर्योदय बिहानः ०६ः२० बजे, सूर्यास्त साँझः १७ः१४ बजे ।

आजको राशिफल

मेष: आज मनको चञ्चलतामा नियन्त्रण राख्नु होला । जीवनसाथीप्रति आपसी तालमेल रहने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी लाभप्रद रहने छ । घरमा सुख–शान्ति कायम रहने छ ।

वृष: स्थायी सम्पत्तिको कामबाट ठूलो लाभ हुनसक्छ । प्रतिद्वन्दिता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । चोट अथवा रोगबाट वाधा सम्भव छ । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

मिथुन: पार्टी अथवा पिकनिकको योजना बन्ने छ । साथीहरुसंग समय राम्रो व्यतित हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ ।

कर्कट: आज भाग्यका पूरा साथ रहने छ । व्यापार तथा कार्य क्षेत्र लाभदायक रहने छ । परिवारका सबै सदस्य तपाईंसंग खुशी रहने छन् ।

सिंह: अविवाहितहरुका लागि समय निकै राम्रो सावित हुनेछ । आज विवाहको प्रस्ताव आउन सक्ने छ । विद्यार्थीहरुका लागि पनि समय निकै राम्रो रहने छ ।

कन्या: आज व्यर्थको भागदौडबाट बच्नु होला । मानसिक सन्तुलन कायम राख्नु होला । आर्थिक स्थिति मजबूत रहने छ । देखावटी तथा आडम्बरबाट टाढै रहनु होला ।

तुला: आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ । रोकिएका कार्यमा प्रगति हुनेछ । स्वास्थ्यका दृष्टिकोणले अहिले राम्रो समय छैन । सवारीसाधन चलाउँदा होशियार रहनु होला ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । कार्यभार बढ्ने छ । सहकर्मीसंग तालमेल नमिल्न सक्छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यमा वाधा आउन सक्छ ।

धनु: कार्यमा बढी ज्यादा आक्रामक रहनु हुनेछ । व्यवसायिक यात्रा सफल रहने छ । भाग्यको साथ पाइने छ ।

मकर: आज कुनै महत्वपूर्ण व्यक्तिसंग भेटघाट हुनेछ । मनोवल उच्च हुनेछ । रोकिएको धन फिर्ता पाइने छ ।

कुम्भ: आज कार्यस्थलमा निकै प्रतिस्पर्धा हुनेछ । पराक्रमद्वारा बिग्रिएका कार्य पनि सफलतापूर्वक सम्पन्न हुनेछ । परिवारमा मतभेद पैदा हुनेछ ।

मीन: आजको दिन परिवारिक रुपमा निकै राम्रो रहने छ । परिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । धनलाभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन