मालीगाउँबाट देखिएको सुन्दर काठमाडौं उपत्यका (फोटो फिचर)

मालीगाउँबाट देखिएको सुन्दर काठमाडौं उपत्यका (फोटो फिचर) : Icon Khabar

काठमाडौं, कार्तिक २५ । भक्तपुरको जगातीबाट करिब ७ किलोमिटर टाढा पर्ने मालीगाउँ तामाङ समुदायको बाहुल्य रहेको क्षेत्र हो।

भक्तपुरको मालीगाउँ सहरको कोलाहलबाट थोरै मात्र टाढा रहेको शान्त र रमणीय क्षेत्र हो। पछिल्लो समय मालीगाउँ युवा पुस्तामाझ हाइकिङ गर्ने थलोका रूपमा समेत विकास हुँदै गएको छ।

हिमाल हेर्न मन पराउनेको नयाँ गन्तव्य बनेको मालीगाउँबाट मौसम खुलेको समयमा धौलागिरि, सगरमाथादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको हिमालहरू देख्न सकिन्छ। साथै, भक्तपुर, काठमाडौं र ललितपुरका अधिकांश स्थान सहजै देखिन्छ।

मालीगाउँ पुगेर हिमश्रृंखला हेर्न र सेल्फी खिच्न अहिले दिनहुँजसो युवायुवती पुगिरहेका भेटिन्छन्। डोलेश्वर महादेवसम्म पक्की बाटो भए पनि त्यहाँबाट माथि कच्ची बाटो भएर मालीगाउँ पुग्न सकिन्छ।

Published Date: 10 November 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने