नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्ने निर्णय गरेपछि सुदूरपश्चिम सरकार संकटमा

नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्ने निर्णय गरेपछि सुदूरपश्चिम सरकार संकटमा : Icon Khabar

धनगढि, माघ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

सरकार गठनका क्रममा मुख्यमन्त्री सिंहलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी र हालै पक्राउ परेका सांसद अरुण चौधरीको रिहाइको प्रत्याभूति नगरेसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले सरकारको हिरासतमा रहेका रेशम चौधरीलाई रिहा गर्न माग पूरा गर्नुको साटो निर्दोष अरुण चौधरीलाई थुनामा राख्ने कामले आफूले समर्थन गर्न नसक्ने बताएका छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने आशंका गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिए भने सरकार स्वतः अल्पमतमा जानेछ। संविधानअनुसार माघ ११ गते नियुक्त भएका मुख्यमन्त्री रावलले फागुन ९ गते विश्वासको मत लिनुपर्ने हुन्छ । एमालेले केन्द्रबाट एनयुपीलाई लोभ्याउने प्रयास गरेको तर अहिलेसम्म असफल भएको छ ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन नहुँदा हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोषकुमारी शर्मा थापालाई माघ २ गते मन्त्री बनाइएको थियो । ५३ सदस्यीय प्रदेशसभाको सुदूरपश्चिममा २९ जना, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपाका ७ र राप्रपाका १ जना सदस्यको समर्थनमा रावललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता