सुनको मुल्य प्रतितोला दुई सयले बढ्यो

सुनको मुल्य प्रतितोला दुई सयले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २५ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा  दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला रु. एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख चार हजार आठ सय तोकिएको छ । यो अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको हो।

Published Date: 08 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय