मर्मतसम्भारपछि खुलेसँगै रसुवागढी नाकाबाट आयात सुरु

मर्मतसम्भारपछि खुलेसँगै रसुवागढी नाकाबाट आयात सुरु : Icon Khabar

रसुवा, कार्तिक १४ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मंगलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको राससलाई जानकारी दिए ।

Published Date: 30 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड