बुधबार सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ  प्रतितोला २२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १४ । सुनको भाउले आज (कात्तिक १४ गते) नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (कात्तिक १४ गते) छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार कात्तिक १३ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम भईरहेको छ । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २१ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 30 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय