बुधबार सुनको भाउ प्रतितोला २२ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ  प्रतितोला २२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १४ । सुनको भाउले आज (कात्तिक १४ गते) नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार (कात्तिक १४ गते) छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार कात्तिक १३ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम भईरहेको छ । यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २१ सय ५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 30 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड