बलिउड अभिनेता सलमान खानलाई फेरी आयो ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई फेरी आयो ज्यान मार्ने धम्की : Icon Khabar

भारत, कार्तिक १४ । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारहरूलाई विश्वास गर्ने हो भने यसपटक धम्की दिने व्यक्तिले २ करोड फिरौती मागेका छन् ।

मुम्बई ट्राफिक प्रहरीले प्राप्त गरेको यस धम्कीमा पैसा नतिरे अभिनेताको ज्यान लिने बताइएको छ । म्यासेज पाएलगत्तै वर्लीमा उपस्थित अधिकारीहरूले म्यासेज पठाउने अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरी अनुसन्धान सुरु गरेका छन् ।

५ दिनअघि पनि सलमानलाई यस्तै खालको ज्यान मार्ने धम्की आएको थियो । धम्क्याउने ती अभियुक्तलाई मंगलबार मुम्बई प्रहरीले नोएडाबाट पक्राउ गरेको थियो ।

जसमा सलमान खान र जिशानलाई फिरौती नतिरे ज्यान मार्ने धम्की दिइएको थियो । जिशानका एक कर्मचारीले प्रहरीमा एफआईआर दर्ता गरेका थिए ।

यसअघि बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि पनि अक्टोबर १२ मा पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो । यो धम्की मुम्बई ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको थियो ।

धम्की दिने व्यक्तिले आफू लरेन्स गिरोहको सदस्य भएको दाबी गरेको थियो । मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा ‘यसलाई हल्कामा नलिनुहोला ।

जिउँदो रहने हो र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने सलमानले ५ करोड रुपैयाँ दिनुपर्छ । पैसा दिएनन् भने सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ’ भनिएको थियो ।

मुम्बई प्रहरीले धम्क्याउने व्यक्तिलाई अक्टोबर २३ मा झारखण्डको जमशेदपुरबाट पक्राउ गरेको थियो ।

Published Date: 30 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय