अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनाैट 

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनाैट  : Icon Khabar
ललितपुर, माघ २४ ।  भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ (IBA World Women’s Boxing Championship – 2023) मा अन्जनी तेली (बक्समाण्डु) र मिनु गुरुङ (टिएसी) छनाैट भएका छन् । आज भएकाे ५२ केजी ताैल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५ : ० आधारकाे आधारमा र मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५ : ० अंककाे आधारमा जित हासिल गरेका छन् ।
सातदोबाटो स्थित बक्सिङ कभर्डहलमा नेपाल बक्सिङ्ग संघले संचालन गरेकाे उक्त छनाैट खेलमा ५० केजी ताैल समुहको क्वाटरफाइनल खेलहरुमा रमिसा श्रेष्ठ (आरडिएस) र आरति बम्जन (टिएसी) ले क्रमश: एनपिसीका रिता धरला र झापाका तेजिमाया गुरुङलाई  ४:१ र ५:० अंककाे आधारमा जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेकाछन् । खेलको सेमिफाइनल ५७ केजी ताैल समुहमा झापाका खेलाडी शुस्मिता राईले एनपिसिका निशा तामाङलाई ३:२ अंकाकाे आधारमा जित हासिल गर्दै फाईनल प्रवेश गरेकी छिन् । त्यसैगरि ७५ केजी ताैल समुहमा एपिएफका खेलाडी सरस्वती राना मगरले टिएसीका खेलाडी अनुपा चाैधरीलाई एबिडीकाे आधारमा जित हासिल गर्दै फाईनल प्रबेश गरेकी छिन् ।
आजकाे छनाैट प्रतियोगितामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, महासचिव सविन भट्टचार्य, काेषाध्यक्ष गाैतम सुजखु, तालिम तथा प्रशिक्षण विभाग प्रमुख तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर, ओेलम्पियन प्रविन तुलाधर, विष्णु बहादुर सिंह, मान बहादुर श्रेष्ठ , राम बहादुर गिरी ,  केन्द्रीय सदस्य श्यामकाजि अवाले, मान बहादुर भण्डारी, पुष्कर राज पन्त लगाएत बक्सिङ खेलप्रेमि महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2023
Website | + posts