भक्तपुरमा कार्तिक १५ गते लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाइने

भक्तपुरमा कार्तिक १५ गते लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाइने : Icon Khabar

भक्तपुर, कार्तिक ८ । भक्तपुरमा यहि कार्तिक १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाउने भएको छ।

आज यस वर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर नगरपालिकामा बसेको भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुसँग बैठकले सो निर्णय गरेको हो।

बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

Published Date: 24 October 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय