भक्तपुरमा कार्तिक १५ गते लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाइने

भक्तपुरमा कार्तिक १५ गते लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाइने : Icon Khabar

भक्तपुर, कार्तिक ८ । भक्तपुरमा यहि कार्तिक १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा मनाउने भएको छ।

आज यस वर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर नगरपालिकामा बसेको भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुसँग बैठकले सो निर्णय गरेको हो।

बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

Published Date: 24 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड