राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापक

राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापक : Icon Khabar

घोराही, कार्तिक ७ । आगामी मंसिर ७ र ८ गते दाङ्गको घोराहीमा हुन लागि रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापकरुपमा अगाडी बढेको छ ।

सम्मेलनका लागि वरिष्ठ साहित्यकार टिकारा उदासीको संयोजकत्वमा साहित्यकार सूर्य बिसी सदस्य सचिव एवं साहित्यकारहरु कमलमणि देबकोटा, दुर्गालाल केसी, डा. लोकराज पराजुली, सविन प्रियासन, चन्द्रराज पन्त, मानसिंग घर्ती मगर, आदिम केसी, चन्द्रबहादुर थापा, हरि पोख्रेल, बसन्त पुन, केशव सुवेदी, शारदा शर्मा, सुशीला आचार्य, मधुसुदनकेसी, केशव थापा र दिपक समिर सदस्य रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ ।

मूल आयोजक समितिको बुधबार घोराहीमा बसेको वैठले सम्मेलनलाई भव्य बनाउनका लागि टिकाराम उदासी, सूर्य बिसी, सविन प्रियासन, आदिम केसी, दिपक समिर रहेको सचिवालय समेत गठन गरेको छ ।

सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बालसाहित्यको विकासमा कलम चलाउँदै आएका १ सय बढि साहित्यकार लेखकहरुको विशेष उपस्थिति रहने सम्मेलनमा दाङमा रहेका सबै जसो विद्यालयमा अध्ययन गरिरहेका १८ वर्षमुनिका बालबालिकाहरुलाई बालसाहित्यसँग सम्बन्धित विभिन्न विधामा विशेष प्रशिक्षण दिने, गोष्ठी अन्तक्र्रिया गर्ने, बालसाहित्यमा योगदान पुराएकालाई सम्मान गर्ने देखि बाल साहित्यसँग सम्बन्धित रहेर दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ । विभिन्न साहित्यीक तथा सामाजिक संघसंस्थाहरुले सम्मेलनलाई सफल बनाउन सहआयोजककारुपमा समेत भूमिका खेलेका छन् ।

Published Date: 24 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड