राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापक

राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापक : Icon Khabar

घोराही, कार्तिक ७ । आगामी मंसिर ७ र ८ गते दाङ्गको घोराहीमा हुन लागि रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापकरुपमा अगाडी बढेको छ ।

सम्मेलनका लागि वरिष्ठ साहित्यकार टिकारा उदासीको संयोजकत्वमा साहित्यकार सूर्य बिसी सदस्य सचिव एवं साहित्यकारहरु कमलमणि देबकोटा, दुर्गालाल केसी, डा. लोकराज पराजुली, सविन प्रियासन, चन्द्रराज पन्त, मानसिंग घर्ती मगर, आदिम केसी, चन्द्रबहादुर थापा, हरि पोख्रेल, बसन्त पुन, केशव सुवेदी, शारदा शर्मा, सुशीला आचार्य, मधुसुदनकेसी, केशव थापा र दिपक समिर सदस्य रहेको २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ ।

मूल आयोजक समितिको बुधबार घोराहीमा बसेको वैठले सम्मेलनलाई भव्य बनाउनका लागि टिकाराम उदासी, सूर्य बिसी, सविन प्रियासन, आदिम केसी, दिपक समिर रहेको सचिवालय समेत गठन गरेको छ ।

सम्मेलनमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा बालसाहित्यको विकासमा कलम चलाउँदै आएका १ सय बढि साहित्यकार लेखकहरुको विशेष उपस्थिति रहने सम्मेलनमा दाङमा रहेका सबै जसो विद्यालयमा अध्ययन गरिरहेका १८ वर्षमुनिका बालबालिकाहरुलाई बालसाहित्यसँग सम्बन्धित विभिन्न विधामा विशेष प्रशिक्षण दिने, गोष्ठी अन्तक्र्रिया गर्ने, बालसाहित्यमा योगदान पुराएकालाई सम्मान गर्ने देखि बाल साहित्यसँग सम्बन्धित रहेर दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ । विभिन्न साहित्यीक तथा सामाजिक संघसंस्थाहरुले सम्मेलनलाई सफल बनाउन सहआयोजककारुपमा समेत भूमिका खेलेका छन् ।

Published Date: 24 October 2024
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय