राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो : Icon Khabar

काठमाडौँ, कार्तिक ८ । राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बार्सिलोनाले बायर्नलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पाहुना टोलीका लागि ह्यारी केनले १ गोल फर्काए ।

खेलको पहिलो मिनेटमै गोल गर्दै राफिन्हाले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा फर्काए ।

२७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोनाले फेरी अग्रता लिन सफल भयो । खेलको ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

५६औं मिनेटमा गोल गर्दै राफिन्हाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनलाई ४-१ को सहज जित दिलाए ।

लगातार दोस्रो जितसँगै बार्सिलोना ३ खेलबाट ६ अंकका साथ १०औं स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको बायर्न समान खेलमा ३ अंकसहित २३औं स्थानमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 October 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता