राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाले बायर्नलाई हरायो : Icon Khabar

काठमाडौँ, कार्तिक ८ । राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा बार्सिलोनाले बायर्नलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पाहुना टोलीका लागि ह्यारी केनले १ गोल फर्काए ।

खेलको पहिलो मिनेटमै गोल गर्दै राफिन्हाले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा फर्काए ।

२७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोनाले फेरी अग्रता लिन सफल भयो । खेलको ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे ।

५६औं मिनेटमा गोल गर्दै राफिन्हाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनलाई ४-१ को सहज जित दिलाए ।

लगातार दोस्रो जितसँगै बार्सिलोना ३ खेलबाट ६ अंकका साथ १०औं स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको बायर्न समान खेलमा ३ अंकसहित २३औं स्थानमा छ ।–एजेन्सी

Published Date: 24 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा