अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित

अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, कार्तिक ०७ । अमेरिका ए सँगको ५० ओभरको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपाल अमेरिका ए सँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८१ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिका ए को जितमा नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ तथा ओपनर राहुल जरिवालले ३३ बलमा २६ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले २५.३ओभरमा अल आउट हुदै ८० रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्लले ४८ बलमा १८, देव खनालले १२ तथा भीम सार्कीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो । अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

नेपाली टोली

अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने