अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित

अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, कार्तिक ०७ । अमेरिका ए सँगको ५० ओभरको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपाल अमेरिका ए सँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८१ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिका ए को जितमा नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ तथा ओपनर राहुल जरिवालले ३३ बलमा २६ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले २५.३ओभरमा अल आउट हुदै ८० रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्लले ४८ बलमा १८, देव खनालले १२ तथा भीम सार्कीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो । अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

नेपाली टोली

अनिलकुमार शाह, भीम सार्की, रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा