माल्दिभ्समाथि गोल वर्षा गर्दै नेपाल शीर्षस्थानमा उक्लियो

माल्दिभ्समाथि गोल वर्षा गर्दै नेपाल शीर्षस्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, कार्तिक ६ । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ११-० को फराकिलो जित दर्ता गरेको हो ।

नेपालको जितमा रेखा पौडेल एक्लैले ५ गोल गरिन् । यस्तै, प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे ।

पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको नेपालको अब २ खेलमा ४ अंक भएको छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब समूह चरणको अन्तिम खेलमा नेपाल र श्रीलंका खेल्दैछ ।

Published Date: 22 October 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली