एसइईमा अनुत्तीर्णले समेत सीटीईभीटीको १८ महिने प्रि-डिप्लाेमा तह पढ्न पाउने

एसइईमा अनुत्तीर्णले समेत सीटीईभीटीको १८ महिने प्रि-डिप्लाेमा तह पढ्न पाउने : Icon Khabar

काठमाडौं, कार्तिक ५ । अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने प्रि-डिप्लाेमा तह पढ्न पाउने भएका छन् । एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि परिषद्ले यस्तो निर्णय गरेको हो ।

यसका लागि परिषद्ले प्रि-डिप्लाेमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ नै परिमार्जन गरेको छ । जसअनुसार अब प्रि-डिप्लाेमा तहको प्रवेश परीक्षामा समावेश हुन न्यूनतम शैक्षिक योग्यता शिक्षण संस्थाबाट एसएलसी वा एसईई परीक्षामा सहभागी भए पुग्छ ।

यसअघि प्रि-डिप्लाेमा तहमा भर्ना हुन जति प्राप्ताङ्क आए पनि फरक पर्दैन थियो । तर, एसएलसी/एसईईमा उत्तीर्ण भने हुनु पर्दथ्यो । अब भने परीक्षामा सहभागी भए मात्र पनि प्रि-डिप्लाेमा पढ्न सकिने परिषद्का सहपरीक्षा नियन्त्रक गोविन्दकुमार श्रेष्ठले बताए ।

कस्तो हो प्रि-डिप्लाेमा तह ?

सीटीईभीटीले विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने गर्छ । मुख्यत: सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका लागि प्रि-डिप्लाेमा तथा डिप्लाेमा गरी दुई ओटा तहमा सीटीईभीटीले कोर्स सञ्चालन गर्ने गर्छ । प्रि-डिप्लाेमा तह १८ महिने काेर्ष हाे । यसमा १५ महिना पाठ्यक्रमकाे पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ ।

प्रि-डिप्लाेमा तह उत्तीर्ण गरेपछि स्नातक पढ्न पाइँदैन । त्यसका लागि विद्यार्थीले प्रि-डिप्लाेमा पढ्दै गर्दा नै कक्षा ११ र १२ पनि भर्ना हुनुपर्छ । यदि तपाईं प्रिडिप्लोमा आईटी कोर्स पढ्नुहुन्छ भने त्यति धेरै विकल्प छैन । यसमा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटेरियल म्यानेजमेन्ट जस्ता विषय रहेका छन् । यद्यपि तपाईंले यसमा दर्जन बढी विकल्प पाउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने