आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ३ । आज २०८१ कार्तिक ३ गते शनिवार, तदअनुसार १९ अक्टोबर २०२४ । आज कार्तिक कृष्ण द्वितीया, सिद्धि गर भरणी, सुर्योदय बिहान: ६ः०९ बजे, सुर्यास्त साँझ: १७ः३० बजे ।

आजको राशिफल

मेष: पुराना रोग बल्झिन सक्ने छ । अप्रत्याशित खर्च बढ्न सक्छ । कसैसंग भनाभन हुन सक्छ । स्वाभिमानमा ठेस लाग्न सक्छ । जोखिमपुर्ण कार्य नगर्नु होला । कुनै पनि महत्वपूर्ण निर्णय सोच-विचार गरेर लिनु होला ।

वृष: पुराना रोग बल्झिने सम्भावना छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ । विवाद समाप्त हुनाले शान्ति एवं सन्तोष प्राप्त हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धन लाभको अवसर हात आउने छ । ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । परीक्षा अथवा साक्षात्कार आदिमा सफलता पाइने छ । भाग्यको साथ रहने छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : आज भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । बाहिरी सहयोग प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ ।

Published Date: 19 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा