रोनाल्डोको निर्णायक गोलमा अल–शबाबमाथि अल–नासरको रोमाञ्चक जित

रोनाल्डोको निर्णायक गोलमा अल–शबाबमाथि अल–नासरको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, कार्तिक ३ । साउदी प्रो लिगमा अल– नासरले रोमाञ्चक जित हात पारेको छ । अल–शबाबको घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल– शबाबमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो ।  अल–नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र एमरिक लोपोर्टेले गोल गरे ।

अल शबाबले भने आत्मघाती गोल उपहार पाएको थियो । अल–नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता अल–नासरले नै लिएको थियो । खेलको ६९औं मिनेटमा एमरिक लोपोर्टेले गोल गर्दै अल–नासरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ९०औं मिनेटमा अल–नासरका अलि अलहासनले आत्मघाती गोल गरेपछि अल–शबाब खेलमा फर्किएको थियो । खेलको इन्जुरी समयको सातौँ मिनेटमा अल–नासरले पेनाल्टी पायो ।  त्यसमा कप्तान क्रिष्टियानो रोनाल्डो चुकेनन् । जितसँगै अल–नासर ७ खेलबाट १७ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Published Date: 19 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने