रोनाल्डोको निर्णायक गोलमा अल–शबाबमाथि अल–नासरको रोमाञ्चक जित

रोनाल्डोको निर्णायक गोलमा अल–शबाबमाथि अल–नासरको रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, कार्तिक ३ । साउदी प्रो लिगमा अल– नासरले रोमाञ्चक जित हात पारेको छ । अल–शबाबको घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल– शबाबमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो ।  अल–नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र एमरिक लोपोर्टेले गोल गरे ।

अल शबाबले भने आत्मघाती गोल उपहार पाएको थियो । अल–नासरका अलि अलहासनले आत्मघाती गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता अल–नासरले नै लिएको थियो । खेलको ६९औं मिनेटमा एमरिक लोपोर्टेले गोल गर्दै अल–नासरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ९०औं मिनेटमा अल–नासरका अलि अलहासनले आत्मघाती गोल गरेपछि अल–शबाब खेलमा फर्किएको थियो । खेलको इन्जुरी समयको सातौँ मिनेटमा अल–नासरले पेनाल्टी पायो ।  त्यसमा कप्तान क्रिष्टियानो रोनाल्डो चुकेनन् । जितसँगै अल–नासर ७ खेलबाट १७ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

Published Date: 19 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा