रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा

रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा : Icon Khabar

काठमाडौँ, कार्तिक २ । आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । संगठित अपराधमा पक्राउ परेका जोकीहीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ । सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो ।

Published Date: 18 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा