रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा

रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा : Icon Khabar

काठमाडौँ, कार्तिक २ । आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ ।

शुक्रबार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीका आधारमा उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । संगठित अपराधमा पक्राउ परेका जोकीहीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पनि ६० दिन थुनामा राखेर अनुसन्धान गर्न सकिने बताइएको छ । सङ्गठित अपराध निवारण ऐन २०७० को दफा १४ ले दिएको अधिकारले लामिछानेलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्ने संभावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । सहकारी ठगीमा मात्रै अनुसन्धान गर्दा २४ दिनसम्म मात्रै थुनामा राख्न सकिने भए पनि सङ्गठित अपराधमा अनुसन्धान गर्दा थुन्ने अवधि बढ्ने देखिएको हो ।

Published Date: 18 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने