अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौँ, कार्तिक १ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

आज सुनको मूल्य प्रतिऔंस १८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६७८ डलर कायम भएको छ ।

बेलायत र युरोपमा मुद्रास्फितीमा देखिएको कमी र बेलायत र युरोपेली केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याएको लचकताका कारण सुनको मूल्य बढ्नमा सहयोग पुगेको जनाइएको छ । यसका अतिरिक्त मध्य–पूर्वमा बढ्दो तनावका कारण पनि सुनको मूल्य उकालो लागि रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०९ डलरले बढेर प्रतिऔंस ५१.५३ डलर पुगेको छ ।

Published Date: 17 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड