अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौँ, कार्तिक १ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य हालसम्मकै उच्च कायम भएको हो ।

आज सुनको मूल्य प्रतिऔंस १८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६७८ डलर कायम भएको छ ।

बेलायत र युरोपमा मुद्रास्फितीमा देखिएको कमी र बेलायत र युरोपेली केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याएको लचकताका कारण सुनको मूल्य बढ्नमा सहयोग पुगेको जनाइएको छ । यसका अतिरिक्त मध्य–पूर्वमा बढ्दो तनावका कारण पनि सुनको मूल्य उकालो लागि रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.०९ डलरले बढेर प्रतिऔंस ५१.५३ डलर पुगेको छ ।

Published Date: 17 October 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास