चालुु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपैयाँ एफडिआई भित्रियो

चालुु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपैयाँ एफडिआई भित्रियो : Icon Khabar

काठमाडौँ, कार्तिक १ । चालुु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपियाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको तुुलनामा २९ करोड रुपियाँ कम वैदेशिक लगानी भित्रिएको हो ।

यस्तै दुुई महिनामा खुुद पुुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपियाँ कायम भएको थियो । उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपियाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको छ ।

आव २०८०÷८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९÷८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।

विभागका अनुसार भदौमा स्वचालित मार्गबाट ८६ करोड २५ लाख रुपियाँ आएको छ । ५२ वटा परियोजनामार्फत सो रकम भित्रिएको हो । स्वचालित मार्गबाट सबैभन्दा धेरै सूचना प्रविधि परियोजनामा ३८, पर्यटनमा आठ, सेवामूलकमा तीन, उत्पादनमूलक दुई र पूर्वाधारमूलक एक परियोजनामा लगानी भित्रिएको हो ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार विभिन्न देशबाट भित्रिएका वैदेशिक लगानीमध्ये औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ५९.७ प्रतिशत रहेको छ । यस्तै औद्योगिक क्षेत्रका विद्युत्, ग्यास, एयर कन्डिसनलगायतका क्षेत्रमा ३० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९.४ प्रतिशतमा लगानी छ । ४०.२ प्रतिशत लगानी सेवा क्षेत्रमा, वित्तीय संस्थाहरूमा २६ प्रतिशत, सूचना र सञ्चार क्षेत्रमा ६.७ प्रतिशत, होटललगायतका क्षेत्रमा ६.३ प्रतिशत छ ।

नेपालमा विभिन्न ५८ वटा मुलुकबाट वैदेशिक लगानी आउने गरेको छ । नेपालमा लगानी गर्छुु भनेर लगानीकर्ताले प्रतिबद्धता गरे पनि सो अनुुपातमा रकम भित्रिएको छैन । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।

Published Date: 17 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय