गाजामा एक हप्ताभित्र चार सय प्यालेस्टिनीको मृत्यु

गाजामा एक हप्ताभित्र चार सय प्यालेस्टिनीको मृत्यु : Icon Khabar

संयुक्त राष्ट्रसङ्घ, कार्तिक १ । गाजामा एक हप्तामा करिब चार सय प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार पाँच सय घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन् ।

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन्।

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिकासहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उहाँले उल्लेख गरेका छन्।

यदि यस्तो आतङ्कले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उहाँले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताउनुभएको छ ।

उहाँले अक्टोबरको सुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाउनुभएको छ । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उहाँले बताएका छन्।

पटक पटकका मिसन अवरुद्ध हुँदा, अभावबिच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उनले बताए।

गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउदै अधिकारीले अन्तर्राष्ट्रिय कानुनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने बताएका छन्।

बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।

मङ्गलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उनले मानवीय सहायताका सामग्रीको अभाब सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताएका छन्।

राष्ट्रसङ्घमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निस्क्रियता नभएको उल्लेख गर्नुरेका छन्।

प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उहाँले बताएका छन्।

मन्सुरले सुरक्षा परिषद्लाई चार्टर र कानुनद्वारा प्रदान गरिएका उपकरणद्वारा कानुन विपरित काम गर्नेहरूसँग लड्न आह्वान गर्दै यो काम गर्ने समय भएकाले अरू केही पनि वाहाना आत्मसमर्पण भएको उल्लेख गरेका छन्।

यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देशविरुद्धको आक्रमणको विस्तृत विवरण दिँदै १०१ जना मानिसलाई हमासले यातना दिएको र सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताएका छन्।

इजरायल र मानवीय साझेदारले गाजामा भरपुर मानवीय सहायता ल्याउँदा पनि हमासले सहायता ‘कब्जाा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उल्लेख गरेका छन् । – रासस /सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2024
Website | + posts