ख्वप विश्वविद्यालय विधेयक पारित गर्न नेमकिपा लागिरहेको छ: मेयर प्रजापति

ख्वप विश्वविद्यालय विधेयक पारित गर्न नेमकिपा लागिरहेको छ: मेयर प्रजापति : Icon Khabar

भक्तपुर, असोज ३० । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न नेमकिपा लागिरहेको बताएका छन्।

पार्टीका सचिव एवं साँसद प्रेम सुवालले पटक पटक संसदमा उठाउँदै आएको कुरालाई सम्बोधन गर्दै प्रजापतिले ख्वपको भन्दा पछाडि आएका कर्णाली विज्ञान प्रतिष्ठान, राजश्री जनक विश्वविद्यालय, पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल विश्वविद्यालयलगायत धेरै वटा विधेयकहरु पारित भइ सके । तर ख्वप विश्वविद्यालय विधेयक अझै अगाडि बढ्न सकेको छैन भन्दै मंगलबार भक्तपुर सम्पन्न एक समारोहमा गुनासो ब्यक्त गरे।

ख्वप विश्व विद्यालयको विधेयक शिक्षा, अर्थ र कानून मन्त्रालय हुँदै पुनः शिक्षा मन्त्रालयमा पुगेको जानकारी प्राप्त भएको तर अगाडि बढाउने अनिश्चित रहेको बताए।

Published Date: 16 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय