लमजुङ यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङ यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते : Icon Khabar

लमजुङ, असोज २७ । लमजुङको बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप आइतबार बिहान सवा ११ बजेतिर मकैडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको उनले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको पनि श्रीवास्तवले जानकारी दिए । गम्भीर घाइते कोही पनि नरहेको उनको भनाइ छ ।

घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको श्रीवास्तवले बताए ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Published Date: 13 October 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी