लमजुङ यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङ यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते : Icon Khabar

लमजुङ, असोज २७ । लमजुङको बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप आइतबार बिहान सवा ११ बजेतिर मकैडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।

घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको उनले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको पनि श्रीवास्तवले जानकारी दिए । गम्भीर घाइते कोही पनि नरहेको उनको भनाइ छ ।

घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको श्रीवास्तवले बताए ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2024
Website | + posts
ताजा
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन
जेनजी आन्दोलन जाँझबुझ आयोगद्वारा एक महिना म्याद थप गर्न सरकारलाई आग्रह
जापानिज इन्सेफ्लाइटिसबाट छ जनाको मृत्यु
एडीबीले नेपाललाई १० करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण दिने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न