आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज २१ । आज २०८१ असोज २१ गते सोमबार, तद्अनुसार ७ अक्टोबर २०२४ । आज असोज शुक्ल चतुर्थी, प्रीति विष्टि/भद्रा अनुराधा, सूर्योदय बिहानः ०५ः५९ बजे, सूर्यास्त साँझः १७ः४३ बजे ।

आजको राशिफल

मेष: आज विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पठन–पाठनमा मन लाग्ने छ । लामो यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । धनार्जन सुगम हुनेछ ।

वृष: व्यवसाय सामान्य चल्ने छ । ठूला मानिसको सल्लाह मान्नु भयो भने लाग हुनेछ । अपेक्षित कार्यमा विलम्ब हुनेछ ।

मिथुन: व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

कर्कट: शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: घरका सदस्यहरुको स्वास्थ्य तथा अध्ययन सम्बन्धि चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ ।

कन्या: लाभको अवसर हातबाट निस्कने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । प्रयास बढी गर्नु पर्नेछ, धैर्य राख्नु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजारमा सफलता मिल्ने छ ।

वृश्चिक:नयाँ आर्थिक नीति बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यवसायिक अनुबन्धमा वृद्धि हुनसक्छ । समयको लाभ लिनु होला ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायको गति सुस्त हुनेछ । कुनै ठूलो समस्या आउन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ ।

कुम्भ: सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्ने छ, जसको तत्काल लाभ पाइने छ । यश बढ्ने छ ।

Published Date: 07 October 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली