बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो

बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो : Icon Khabar

हेटौँडा, असोज १४ । बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा गत बिहीबारबाट आएको अबिरल वर्षापछिको बाढी पहिरोका कारण हालसम्ममा मृत्यु हुनेको ११६ जना पुगेको हो ।

बाढी पहिरोमा परेर ८१ जना घाइते र ११ जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोबाट हालसम्म घर लगायतका संरचना ९८ वटा पूर्ण क्षति र तीन वटा आंशिक रुपमा क्षतिभएको जानकारी दिए । बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लाहरुमध्ये सबैभन्दा मानवीय क्षति काभ्रेपलाञ्चोक र त्यसपछि धादिङ जिल्लामा भएको छ ।

हालसम्म काभ्रे जिल्लामा ५० र धादिङ जिल्लामा ३९ जनाको मृत्यु भएको छ । साथै सबैभन्दा बढी घाइते काभ्रेमा ४९ जना र सिन्धुपाल्चोक जिल्लामा नौ जना भएका छन् ।यसैगरी बाढी पहिरोमा परी काभ्रे जिल्लामा नौ र सिन्धुपाल्चोक जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

हाल सम्ममा मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा १० जना, दोलखामा सात जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Published Date: 30 September 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा