बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो

बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो : Icon Khabar

हेटौँडा, असोज १४ । बागमती प्रदेशमा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा गत बिहीबारबाट आएको अबिरल वर्षापछिको बाढी पहिरोका कारण हालसम्ममा मृत्यु हुनेको ११६ जना पुगेको हो ।

बाढी पहिरोमा परेर ८१ जना घाइते र ११ जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बाढी पहिरोबाट हालसम्म घर लगायतका संरचना ९८ वटा पूर्ण क्षति र तीन वटा आंशिक रुपमा क्षतिभएको जानकारी दिए । बाढी पहिरोबाट प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रभित्रका जिल्लाहरुमध्ये सबैभन्दा मानवीय क्षति काभ्रेपलाञ्चोक र त्यसपछि धादिङ जिल्लामा भएको छ ।

हालसम्म काभ्रे जिल्लामा ५० र धादिङ जिल्लामा ३९ जनाको मृत्यु भएको छ । साथै सबैभन्दा बढी घाइते काभ्रेमा ४९ जना र सिन्धुपाल्चोक जिल्लामा नौ जना भएका छन् ।यसैगरी बाढी पहिरोमा परी काभ्रे जिल्लामा नौ र सिन्धुपाल्चोक जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

हाल सम्ममा मकवानपुरमा सात जना, सिन्धुपाल्चोकमा १० जना, दोलखामा सात जना, सिन्धुलीमा दुई जना र रामेछापमा एक जनाको बाढी पहिरोमा परेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । नुवाकोट, चितवन र रसुवामा मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Published Date: 30 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक