लोकेश्वर साकोसको १७औं वार्षिक साधारण सभा यहि असोज १९ गते हुने

लोकेश्वर साकोसको १७औं वार्षिक साधारण सभा यहि असोज १९ गते हुने : Icon Khabar

भक्तपुर, असोज १४ । ‘लोकेश्वर साकोसको प्रतिबद्धता–वित्तिय र सामाजिक विकासमा तिब्रता’ भन्ने मूल उद्घोषका साथ अघि बढ्दै गरेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा यहि असोज १९ गते शनिबार हुने भएको छ। भक्तपुर नपा वडा नं १ भाज्या पुखुमा अवस्थित सिद्धपोखरी पार्टी प्यालेसमा सो कार्यक्रम हुन लागेको हो ।

संस्थाको सञ्चालक समितिको निर्णयानुसार हुन लागेको सो साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखासुपरिवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, साधारण सभाको निर्णय पुस्तिका प्रमाणिकरणका लागि प्रतिनिधिहरु चयन गर्ने कार्यक्रमसंगै अरु विविध कार्यक्रमहरु हुनेछन्।

उक्त साधारण सभामा असल बचतकर्ता, असल ऋणी, असल बाल बचतकर्ता, अधिक शेयर खरिदकर्ता र जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम पनि समावेश छ। सदस्यहरुले साधारण सभामा उपस्थित हुन संस्थामा २०८१ असार मसान्तसम्मको नियमित बचत गरेको तथा ऋणीहरुले ऋणको सांवा ब्याज तिरेको हुनु पर्नेछ ।

उपस्थित सदस्यले संस्थाको परिचय खुल्ने परिचय पत्र वा पासबुक अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ संस्थाका अध्यक्ष राजन जातिले आइकन खबरलाई जानकारी दिए।

Published Date: 30 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास